जापानमा जन्मदर हालसम्मकै न्युन

160

एस क्षेत्री
टोकियो / यो वर्ष जापानमा जन्मदर हाल सम्मकै सबैभन्दा न्युन रहेको प्रक्षेपण गरिएको छ ।

यो वर्ष पनि, जापानीहरु बच्चा जन्माउन पहिले भन्दा अझ, उदासिन देखिएका छन् । त्यसो त जापानमा पछिल्ला वर्षहरुमा जन्मदर निरन्तर घटिरहेको छ । जसले गर्दा देशमा मानव संशाधन निरन्तर घट्दो गतिमा छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले गिरावट आएको अनुमान गरिएको छ । यस वर्ष, सन १८९९ देखि सरकारले आधिकारिक तथ्यांक्क राख्न थाले यता कै सबैभन्दा धेरै घटेको बताईएको छ ।

पछिल्ला पटक प्राप्त तथ्यांक्कहरुका अनुसार, यो वर्षको हाल सम्म, ८ लाख ६५ हजार बच्चाहरुको जन्म भएको छ । यो संख्या अघिल्लो वर्ष ९ लाख १८ हजार ४ सय रहेको थियो ।

जापानमा एकातिर हरेक वर्ष जन्मदर घटिरहेको छ भने अर्कोतिर वृद्दवृद्दाहरुको संख्या बढ्दै गएको छ । यसले निरन्तर मानव संसाधन घट्दै गएको छ । जसका कारण विदेशी दक्ष तथा अदक्ष श्रम शक्ति भित्राउनुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here