ललितपुर / सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको शनिबार दिउँसो वेहोस भएर मृत्यु भएको छ । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















