काेरियामा आत्महत्या गर्ने नेपालीकाे सङ्ख्या ४९ पुग्याे

229
-सविना कार्की  
काेरिया / कोरिया जान तेति सजिलाे छैन काेरिया पुग्न निकै संघर्ष गर्नुपर्ने हुन्छ काेरीयन भाषा उच्च प्रतिसपर्धा गर्दै पास हुनुपर्छ पास भएपछि अन्य विषयमा मेडिल पास, स्किलटेस्ट पास,त्यसपछि आफ्नो फाइल जारी हुनुपर्छ राेजगारकाे लागि कोरियाबाट राेजगार दाता मार्फत कामदार छानिनु पर्छ । ईत्यादि सम्पुर्ण प्रक्रियाबाट पास भए पछि मात्र बल्ल काेरिया पुगिन्छ । तर यतिका अबस्था पार गरेर काेरिया पुग्न सफल केहि नेपालीकाे आत्महत्याले भने निराशा छाएको छ ।

मध्यपूर्व र खाडी मुलुकमा श्रमगर्ने श्रमिकको तुलनामा ७ गुणा बढी पारिश्रमिक पाउने दक्षिण कोरियामा पुगेर पनि केही नेपालीले आत्महत्या गर्नु पर्ने अवस्था आउनु सारै दुखकाे कुरा हाे ।

कोरियामा हाल सम्म गरि ४९ जनाले आत्महत्या गरि सकेका छन् । सन २००८ देखि २०१९ डिसेम्बर ३० सम्म ४८ जना र सन २०२० जनवरीमा १ जनाले गरि आत्महत्या गर्नेकाे सङ्ख्या ४९ पुगीसकेकाे छ ।

सन २००८ देखि २०१९ डिसेम्बर सम्म ३० सम्म १८१ नेपालीको कोरियामा मृत्यु भैसकेकाे छ । मृत्युहुने मध्ये आत्महत्या गर्ने ४८ जना, सामान्य दुर्घटनामा ४७ जना, प्राकृतिक रुपमा ८४ जना, र हत्या हुनेमा २ जना गरि जम्मा १८१ रहेकाे छ।

सन २०२० जनवरीमा १ जना आत्महत्या र १ जना कार्यस्थलमा दुर्घटनामा परि अहिलेसम्म १८३ जनाले ज्यान गुमाई सकेकाे काेरीया स्थित राजदुतावासका श्रमसहचारी डिल्लीराम बास्ताेलाले जानकारी दिए ।

सङ्ख्यात्मक हिसाबले आत्महत्या गर्नेकाे सङ्ख्या ४९ पुगेपनि पछिल्लोवर्ष आफ्नो कार्यकालमा भने आधा नै घटेकाे बताएका छन्।

सन २०१८ मा आत्महत्या  गर्नेकाे सङ्ख्या ६ जना थियाे भने सन २०१९ डिसेम्बर ३० सम्म आईपुग्दा आत्महत्या गर्नेकाे सङ्ख्या ३ जना रहेकाे छ । यसैगरी अन्य मृत्यु सङ्ख्यामा पनि कमि आएको छ।

सन २०१८ मा प्राकृतिक रुपले ११ जना दुर्घटनामा परि ११ जना जम्मा २७ जनाले ज्यान गुमाएको छ भने सन २०१९ मा प्राकृतिकमा १३, दुर्घटनामा २, आत्महत्या ३ गरि जम्मा १८ जनाकाे ज्यान गएकाे छ ।

काेरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी डिल्लीराम बास्ताेलाकाे भनाइ अनुसार पारिवारिक समस्या, घरमा भएको समस्या सम्झिरहने दाजुभाइ सम्पत्ति बाँडफाँड लगायत पारिवारिक समस्या सम्झि रहनु, केटि साथिकाे बारेमा धेरै साेच्नु, गलत खालकाे लत हुनु ,एकाेहाेराे हुनु , सहकर्मी साथिहरुकाे र सहयाेग र उत्प्रेरणा पाउन नसक्नु ,विदेशको जीवन र काम स्वदेशको भन्दा फरक हुने यथार्थलाई आत्मसात् गर्न नसक्नु , अत्यधिक वितृष्णा, उच्च महत्वाकांक्षा, मानसिक तनाव जस्ता कारण आत्महत्याको बाटो राेजेकाे हुनसक्ने जनाए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here