अष्ट्रेलियामा एयर ट्याङ्कर दुर्घटना

82

एजेन्सी / अष्ट्रेलियामा आगो निभाउन गएको जहाज (एयर ट्याङ्कर) दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ ।

बिहीबार एक अग्नि नियन्त्रक जहाज दुर्घटना भएको अष्ट्रेलियाका अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

दुर्घटनाअघि पानी बोक्ने उक्त जहाज हराएको अधिकारीले बताएका थिए । बेपत्ता जहाजको भग्नावशेष फेला परेपछि उक्त जहाज दुर्घटना भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राजधानी क्यानबेराबाट २ घण्टाको दूरीमा रहेको हिमाली क्षेत्रमा जहाज दुर्घटनाग्रस्त भएको समाचार माध्यमले जनाएका छन् ।

न्यु साउथ वेल्सको ग्रामीण अग्नि नियन्त्रण सेवाले पानीको फोहोरा फ्याक्ने उक्त जहाजलाई आगो निभाउनका लागि परिचालन गरिएको बताएको छ ।

जहाज दुर्घटनाको कारण खुली नसकेको समाचारले जनाएका छन् ।

दुर्घटनाग्रस्त जहाज बोइङ ७३७ रहेको बताइएको छ । उक्त जहाजमा सामान्यतया २ जना चालक रहने र १५ हजार लिटरभन्दा बढी पानी बोक्न सक्ने बताइएको छ ।

न्यु साउथ वेल्सकी प्रधानमन्त्री ग्लेडिस बेरेजिकलियनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु’, बेरेजिकलियनले भनिन्, ‘यो दुर्घटनाले आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रस्ट हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here