सुन प्रतितोला ७५ हजार पुग्यो

205
www.swaviman.com

काठमाडौं / आज बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ। हिजो बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ७ सयमा कायम छ।

यसैगरी, चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव परेको हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here