सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड उभिए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

87

काठमाडौं / प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिदै आएका सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यो प्रणाली कार्यान्वयन हुनु पर्ने अडान दोहोर्‍याएका छन्।

प्रचण्डले निर्वाचन प्रणाली महंगो भएकोले भ्रष्टाचार मौलाएको र निम्नवर्ग प्रतिनिधि संसद र सरकारमा आउनबाट बञ्चित हुन थालेको भन्दै यो निर्वाचन प्रणालीलाई परिवर्तन गरी समानुपातिक बनाउनु पर्ने पार्टी केन्द्रीय सदस्यहरुको मागबारे जवाफ दिँदै प्रचण्डले आफ्नो अडान दोहोर्‍याएका हुन्।

स्रोतका जनाए अनुसार आइतबार बैठक समापनका क्रममा बेला प्रचण्डले भने, ‘तपाईँहरुले निर्वाचनका प्रणालीलाई लिएर पनि प्रश्न उठाउनु भएको छ। यो प्रणाली विकृति धेरै भएको सबैलाई थाहा छ । निर्वाचन प्रणालीबारे छलफल गर्दा हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीबारे बहस गर्नुपर्छ।’

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नेपालका लागि आवश्यक भएकोमा अडान अडान लिएपनि अन्य नेताहरु त्यसमा असहमत भएपछि नेपालको संविधान २०७२ मा ‘नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ’ भन्ने व्यवस्था गरिएको थियो।

संसदीय शासन प्रणालीमा संसदमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रधानमन्त्री हुन्छन्, तर राष्ट्रपतिको हैसियत आलंकारिक हुन्छ। जुन अहिलेको व्यवस्था हो। यसलाई संविधानको मौलिक पक्ष मानिएको छ। तर दाहालले संविधान जारी गर्न प्रचण्ढ र उनको तत्कालिन पार्टीले महत्वपूर्ण भुमिका खेलेपनि संविधान जारी भए लगत्तै उनले प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेर संविधानको मौलिक पक्षलाई चुनौति दिँदै आएका छन्।

केन्द्रीय सदस्यहरुले पार्टीभित्र भ्रष्टाचार बढेको र त्यसको नियन्त्रण नेताहरुको सम्पत्ति छानविनबाट सुरु गर्नु पर्ने माग गरेका थिए। त्यस मागबारे टिप्पणी गर्दै प्रचण्डले भ्रष्टाचारबारे कुरा गर्दा आफूलाई चक्कर चल्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here