उड्न लागेको जहाजलाइ मुसाले सतायाे

141

एजेन्सी / भारतको वाराणसीस्थित लालबहादुर शास्त्री विमानस्थलमा एयर इण्डियाको एक जहाजलाई मुसाले हैरानी कटायो । उड्नका लागि तयारी अवस्थामा रहेको उक्त विमानभित्र यात्रुले एउटा मुसा देखे ।

त्यसपछि जहाजलाई पुनः ह्यांगरमै फिर्ता ल्याइयो । विमानभित्र मुसा देखिएपछि सबै यात्रीलाई उतारेर अधिकारीहरूले जाँच पड्ताल शुरू गरे । तर मुसा भेटिएन । त्यसपछि उडान रद्द गरियो ।

वाराणसीबाट देहरादून जान लागेको उक्त विमानभित्र दोस्रोपटक अधिकारीहरूले खोजी शुरू गरे, तर मुसा भेटिएन ।
त्यसपछि यात्रुलाई एउटा होटेलमा लगियो । केही समयपछि यात्रुका लागि अर्को जहाज पनि व्यवस्था गरियो । एयर इण्डियाका वरिष्ठ अधिकारीले मुसा भएको विमान उडाउन नसकिने जनाए ।

मुसाले कुनै पनि तार खाइदिन सक्थ्यो र विमान दुर्घटना हुन सक्थ्यो । त्यसपछि मुसा खोज्न राजधानी दिल्लीबाट इन्जिनीयरको टीम बोलाइयो । तर मुसा फेरि पनि पत्ता लागेन । त्यसपछि विमानस्थल प्रशासनले मुसा मार्नका लागि भित्र किटनाशक औषधि छर्किने निर्णय गर्यो । १२ घण्टाका लागि विमान बन्द रह्यो । मुसा जीवित या मृत दुवै अवस्थामा नभेटिएपछि विमानलाई देहरादुन लागिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here