बंगलादेशका सेना प्रमुखद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता ग¥यो

67

काठमाडाैं – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति 2076 माघ २४ गतेदेखि नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc ले आज माघ २७ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

 General Aziz Ahmed ले आजै सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भ्रमणकै क्रममा उहाँले आज पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नु भएको छ । पाँच दिने औपचारिक भ्रमण पुरा गरी उहाँ  माघ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here