गुगलमा कोरोना बियरको तीव्र खोजी

209

एजेन्सी / हाल कोरोना भाइरसले ठूलै आतंक सिर्जना गरेको छ । संसारमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको वियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् ।

एकातर्फ संसारमा कोरोना भाइरसले जनजीवन आतंकित बनाइरहेको छ भने अर्कोतर्फ इन्टरनेटमा कोरोना बियरकोे खोजी बढेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण बढेसँगै गुगल सर्चमा कोरोना बियरको खोजी ह्वात्तै बढेको छ ।

फक्स न्यूजका अनुसार गुगल सर्च इन्जिनमा पछिल्लो दिनमा अयचयलब दभभच खष्चगक भन्ने शब्दावलीको खोजी उल्लेखनीय रूपमा बढेको छ ।

यसले मानिसहरू कोरोना भाइरस र बियरको लोकप्रिय ब्राण्ड कोरोनाको नाममा झुक्किएको देखिन्छ । कोरोना भाइरससँगै मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको पनि हुनसक्छ ।

गुगल सर्चमा अयचयलब दभभच खष्चगक खोजी गर्नेमा पूर्वी युरोपेली मुलुक इस्टोनिया सबैभन्दा अगाडि देखिएको छ ।

गुगल सर्चमा मानिसहरु कोरोना भाइरस र कोरोना बियरको बीचमा झुक्किएपछि कतिपय इन्टरनेट प्रयोगकर्ताहरुले सोसल मिडियामा भाइरस र बियरबीचको फरक छुट्टाउँदै सचित्र व्याख्या समेत गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here