न्याय तथा संसदीय मामिला मन्त्री शिवमायाद्वारा शपथ ग्रहण

188

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो ।

डा.तुम्वाहाङ्फे यसअघि उपसभामुख हुनुहुन्थ्यो । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उहाँले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here