ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

125

सप्तरी- सुरुङ्गा नगरपालिका-८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीहरुको लागि खाजा बनाउने क्रममा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र विद्यार्थीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here