अन्तर्राष्ट्रिय नारी दिवसले पनि रोकेन कामपा १४ का महिला वडाध्यक्षलाई !

197

काठमाडौं  – काठमाडाैं महानगरपालिकाका एक मात्र महिला वडाध्यक्ष  शोभा सापकोटा जनताको गुनासो बुझ्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)का दिन पनि स्थानीय निकायहरुमा समय निकालेर स्थलगत निरिक्षण गरिरहेको अवस्थामा जनधारणा साप्ताहिकले फेला पा¥यो । कामपा वडा नं १४ का अध्यक्ष रहनुभएकी सापकोटा सार्वजनिक बिदाको दिन पनि स्थलगत निरिक्षणमा आउँदा स्थानीय बासिन्दा पनि अचम्भित भएका थिए ।

आज ८ मार्च अर्थात फागुन २५ का दिन सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि अध्यक्ष सापकोटाले सामाजिक सञ्जाल फेसबुकबाट चक्रपथ सडकमा परीक्षा नियन्त्रण कार्यालयबाट ढल बगेर स्थानीयवासीहरु दुर्गन्धमा बस्न बाध्य भएको जानकारी पाएपछि आफू सो अवस्थाको निरिक्षण गर्न आएको जानकारी गराउनुभयो । अध्यक्ष सापकोटाले परीक्षा नियन्त्रण कार्यालयको लापरवाही र ट्राफिक प्रहरीको बेवास्ताका कारण टाटा सुमो लगायतका सार्वजनिक यातायातका सवारीसाधनहरु स्थानीयवासीहरुको बसोबास रहेको स्थानतिर गुड्ने गरेको गुनासो पनि स्थानीयवासीबाट सुन्नुभयो । टाटा सुमो लगायतका सार्वजनिक यातायातको सवारीसाधनलाई बाक्लो वस्ती भएतिरबाट आवागमनमा रोक लगाउन पर्नेमा उहाँले आस्वस्त  तुल्याउनु भयो ।

विगत दुई वर्षदेखि आकाशेपुल निर्माणस्थल भनेर पिलरको संरचनामात्र निर्माण गरी सडकमा ढल बगाउने काम भइरहेको छ । यो अवस्थाले स्थानीयवासीहरुमा रोगको संक्रमण बढाउने सम्भावनाबाट स्थानीयवासीहरु आतंकित देखिएका छन् । वडाध्यक्ष सापकोटा स्थलगत निरिक्षणमा पुगेकै बेला एकजना युवाले स्थानीयवासीहरुको प्रतिनिधित्व गर्दै शिक्षित जनशक्ति उत्पादन गर्ने ठाँउबाटै यस्तो दुर्गन्ध दुई वर्षदेखि लगातार आइरहनु र सम्बन्धित निकायका पदाधिकारीहरु मौन रहनुले स्थानीयवासीहरुलाई निकै दुखी बनाएको गुनासो पनि व्यक्त गरेका छन् । स्थानीयवासीहरु वडाध्यक्ष सापकोटाको स्थलगत निरिक्षणपछि समस्या समाधान हुने कुरामा आस्वस्त देखिएका छन् ।

यसैबीच कामपा १४ वडा कार्यालयले बल्खु प्रहरी प्रभागलाई टिप्परलगायतका हेभी सवारीसाधनहरु गुडाउन नहुने कमजोर मापदण्ड अनुसार निर्माण भएका सडकहरुमा त्यस्ता सवारीसाधनहरु गुडिरहेकोले सडक चिरा परिरहेको र ढलहरु फुट्ने अवस्थामा रहेको हुँदा स्थानीयवासीहरुको अनुरोध अनुसार त्यस्ता सवारीसाधनमा रोक लगाउन पत्राचार गरेपछि प्रहरीले विगत दुई दिनदेखि टिप्पर र हेभी गाडीहरुलाई उक्त सडकमा प्रवेश गर्न रोक लगाएपछि स्थानीयवासीहरु रातको समयमा ढुक्कले सुत्न पाइरहेको जनाएका छन् ।

भिडियोसहित :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here