अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३० प्रतिशतले घट्याे

151

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३३ प्रतिशतसम्म घटेको छ । आयल प्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीन दशक यताकै ठूलो अन्तरले मूल्य घटेको हो । औषतमा ३० प्रतिशतले मूल्य घटेको छ ।

वेष्ट टेक्सास इन्टरमेडियट(डब्लुटिटी)को मूल्य ३० प्रतिशतले घटेको छ । त्यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य २८ प्रतिशतले घटेको छ । अहिले घटेको मूल्य सन् १९९१ को गल्फ वारपछिको धेरै अन्तरको हो । एकातिर कोरोना भाइरसका कारण इन्धनको मागमा निरन्तर आइरहेको गिरावट अर्कोतिर यहीबेला संसारकै ठूलो इन्धन निर्यात गर्ने साउदी अरबले उत्पादन बढाएपछि मूल्य घटेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि नेपाली उपभोक्ताले त्यसको लाभ लिनका लागि सबैभन्दा पहिला भारतमा मूल्य घट्नुपर्छ । भारतमा प्रत्येक दिन मूल्य घटबढ भएपनि नेपालमा भने १५–१५ दिनमा मात्र हेरफेर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here