अवैध लागूऔषध गाँजा सहित पक्राउ

51

काठमाडौं— चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३२ वर्षीय जिवन प्रजालाई अवैध लागूऔषध गाँजा ३ केजी ८९५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज २७४ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा टयाक्सीमा सवार प्रजालाई उक्त लागूऔषध सहित फेला पारी महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here