टिकट सिफारिसमा विवाद हुँदा कांग्रेसका नेताहरूबीच हात हालाहाल

129

धादिङ । धादिङकाे  स्थानीय तह चुनावका लागि टिकट सिफारिस गर्ने विषयमा विवाद हुँदा कांग्रेसका नेताहरूबीच हात हालाहाल भएकाे छ । बैठक भएकै बखत कुटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।

काँग्रेसका क्षेत्रिय सदस्य राजु पाख्रिनले तामाङमाथि हातपात गर्दा उनको अनुहारमा चोट लागेको छ । अहिले आफ्नो अवस्था सामान्य रहेको तर,इलाका प्रहरी कार्यालय दार्खामा पाख्रिनविरुद्ध जाहेरी दिने तयारी गरिरहेको उनले बताएका छन् ।

“मलाई अहिले सामान्य छ’, उनले भने,”स्थानीय तह चुनावका लागि टिकट सिफारिस गर्ने क्रममा राजु पाख्रिनले एकलौटी गर्न खोज्नुभएको थियो, मैले त्यसको प्रतिकार गर्न खोज्दा उल्टै ममाथि हातपात गर्नुभयो । अहिले म इलाका प्रहरी कार्यलय दार्खामा जायरी दिन जाँदैछु । त्यस विषयमा अन्य कुरा पछि आउँछ ।’ कुटपिट गर्ने पाख्रिन अहिले प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here