काठमाडौँ । युरोपमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको पाइएको छ । कोरोनाका कारण युरोपमा पछिल्लो २४ घन्टामा सबै भन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ३६८ जना, स्पेनमा ९६ जना, फ्रान्समा ३६ जना बेलायतमा १४ जना, नेदरल्याण्डसमा ८ जना, जर्मनी र सान मारिनोमा २÷२ जना, स्विटजरल्याण्ड, स्विडेन, डेनमार्क, ग्रीस, हंगेरीमा एक एक जना गरी कुल ५३१ जनाको मृत्यु भएको छ ।
यतिमात्र होइन कोरोना फैलिने क्रमपनि तिब्र रुपमा रहेकाले आउदा दिनमा यसको असर झन् बढी हुने संकेत देखिएको छ ।इटालीमा पछिल्लो २४ घण्टामा ३५ सय ९० संक्रमित बढेका छन् भने कुल संक्रमितको संख्या २४ हजार ७४७ पुगेको छ ।
त्यस्तै स्पेनमा १४ सय ५४ संक्रमित बढेका छन् भने कुल संक्रमितको संख्या ७८ सय ४५ पुगेको छ । त्यस्तै जर्मनीमा १२ सय १४ संक्रमित बढेका छन् भने कुल संक्रमित ५८ सय १३ पुगेको छ ।
त्यस्तै फ्रान्समा ९२४ संक्रमित बढेका छन् भने कुल संक्रमितको संख्या ५४ सय २३ पुगेको छ । त्यसैगरी स्विटजरल्याण्डमा नयाँ संक्रमित ८४२ ले बढेको छ भने कुल संक्रमितको संख्या २२ सय १७ पुगेको छ । त्यस्तै बेलायतमा २५१ जना संक्रमित बढेका छन् भने कुल संख्या १३ सय ९१ पुगेको छ । नेदरल्याण्डसमा १७६ नयाँ संक्रमित बढेसँगै कुल संख्या ११ सय ३५ पुगेको छ ।
स्विडेनमा कुल संक्रमित १०४० पुगेको छ भने बेल्जियममा ८८६, डेनमार्कमा ८६४, अस्ट्रिलेयामा ८६०, ग्रीसमा ३३१, पोर्चुगलमा २४५, फिनल्याण्डमा २४४, आइसल्याण्डमा १८०, आयरल्याण्डमा १७० संक्रमितको संख्या पुगेको छ । यसरी विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ इपिसेन्टर भनेको युरोपमा अहिले कोरोनाको संक्रमण डरलाग्दो स्थितिमा पुगेको देखीएको छ ।


















