पाल्पा- रामपुर नगरपालिका-७ डुम्रिगाउँ बस्ने ३८ वर्षीय यम बहादुर सारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सारु लगायत ५ जनालाई नगद ४१ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















