काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार नाघेको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले शुक्रबार अपरान्हसम्म नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन् । हालसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या नौ हजार एक सय ४८ पुगेको हो ।
पछिल्लो विवरणअनुसार दुई लाख २२ हजार नौ सय ७३ जना मानिस संक्रमित भएका छन् भने ८५ हजार सात ९१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
कोरोनाभाइरसबाट चीन, इटाली, स्पेन, फ्रान्स, अमेरिका, जर्मन, दक्षिण कोरियालगायतका मुलुक अतिप्रभावित भएका छन् । विश्वभरका एक सय ७६ मुलुकमा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।
















