म्याद नाघेका खाद्यवस्तु भेटिएकाले दुई व्यापारीलाई ३० हजार जरिवाना

333

कैलाली – धनगढीमा संयुक्त बजार अनुगमन समितिले दुई पसल सञ्चालकलाई कारबाही गरेको छ। समितिले धनगढीका पाथिभारा किराना एन्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एन्ड सप्लायर्सलाई १५-१५ हजार गरी ३० हजार जरिवाना गरेको हो।

अनुगमनका क्रममा दुवै पसलबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले जनाए ।

पुनमगरका अनुसार संयुक्त अनुगमन समितिले विस्कृट, चकलेट, मसला, स्याम्पु, पतञ्जली क्रिम, चियापत्ति, स्वयाविन, जिरा, धनिया, खुर्सानी, अचारका डिब्बा लगायतका म्याद नाघेका वस्तुसमेत बरामद गरिएको छ।

बजारमा ग्यासको समेत जथाभावी बिक्री–वितरण हुने गरेको पाइएकाले अनुमतिबिना ग्यास बिक्री-वितरण गर्नेलाई कारबाही गरिने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here