भारतीय सबै सीमा नाका बन्द गर्ने तयारीमा सरकार

171

काठमाडौं – नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो । सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने तयारी गरेको हो । आपूर्ति नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी छ ।

एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुुन् । आज साँझ ५ बजे बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ ।

खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने, तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी सरकारको छ ।

पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी गरिएको हो । परिस्थितिको आकलन गर्दै यसबारे निर्णय गर्नेमा दुवै देशबीच सहमति दुई देशबीच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here