चीन सरकारले दिने सहयोग सामग्री आज नेपाल आउँदै

232

काठमाडाैं –  चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले जनाए ।

‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आजदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भने। अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ ।

तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here