अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या २,००० नाघ्यो

128

एजेन्सी – संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले जनाएका छन्।

हालसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट अतिप्रभावित न्यूयोर्क तथा न्यूजर्जीका विभिन्न क्षेत्रमा क्वारन्टीन लागु गर्ने सम्भावनालाई अस्वीकार गरिदिएका छन्।

त्यसप्रति ती दुई राज्यका गभर्नरले रोष प्रकट गरेका छन्। न्यूयोर्कका गभर्नरले उक्त निर्णयले सर्वसाधारणमा सन्त्रास उत्पन्न हुने र वित्तीय क्षेत्र अस्थिर हुने जनाए । ट्रम्पले यात्राका लागि विशेष सूचना जारी गरिने जनाएका छ्न् ।

यसअघि राष्ट्रपति ट्रम्पलले कोभिड-१९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारन्टीन गर्न सकिने  जनाएका  थिए।  तर पछि उनले त्यसो गरेनन्। ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सिफारिसमा उक्त निर्णय लिइएको उनले जनाए ।

अमेरिकामा न्यूयोर्क महामारीबाट अतिप्रभावित राज्य हो। त्यहाँ मात्रै ५२,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

ट्रम्पले ट्विटरबाट सेन्टर्ज फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले बलियो “ट्र्याभल एड्भाईजरी” जारी गरिने घोषणा गरेपछि सीडीसीले ती तीन राज्यका सर्वसाधारणलाई १४ दिन अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एउटा विज्ञप्ति प्रकाशित गर्‍यो। तर उक्त व्यवस्था स्वास्थ्यकर्मी र खाद्यसामग्री उपलब्ध गराउने व्यक्तिसहित गम्भीर प्रकृतिको सेवा प्रदान गर्नेहरूलाई लागु हुनेछैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here