कोरोनाकाे संक्रमित नरहेकाे विश्वकै नमूना शहर

230

एजेन्सी – सारा विश्वमा कोरोनाको कोहराम मच्चिएको छ । चीनको वुहान शहरबाट फैलन शुरु भएको कोरोना भाईरसले यतिबेला युरोपका देशहरुमा तवाही मच्चाएको छ । इटाली र स्पेनमा दिनदिनै भाईरसले मानिसलाई सखाप पारिरहेको छ । तर इटाली कै एउटा शहर भने कोरोना संक्रमितरहित बन्दै विश्वकै लागि नमुना बनेको छ । हाल सो शहरमा कोरोना संक्रमित एक जना पनि व्यक्ति छैनन् । इटालीको त्यो शहरको नाम हो – यूगेनियो (Vo Euganeo)।

यो शहर उत्तरी इटालीस्थित पाडुआ प्रान्तभित्र पर्छ । यो शहरको जनसंख्या २.१४ लाख छ । इटाली कै सुन्दर शहर वेनिस जस्तै देखिने सो शहर आज विश्वकै लागि नमुना शहर बनेको छ । यसको कारण हो– त्यहाँ एक जना पनि कोरोना संक्रमित छैनन् । किनकी त्यहाँको प्रशासनले ठोस रुपमा निर्णय लिदैं मानिसहरुलाई घरमै बन्द गरिदिएको छ । साथै, प्रशासनले दक्षिण कोरियावाला फर्मुला पनि त्यहाँ लागु गरेको छ । फलस्वरुप, आज त्यहाँ कोही पनि कोरोना संक्रमित छैनन् ।

लाइव साइन्स डटकमका अनुसार गत २१ फेब्रुअरीमा त्यहाँ कोरोना संक्रमित एक व्यक्ति भेटिएका थिए । इटालीको स्वास्थ्य मन्त्रालयले त्यो व्यक्तिमा क्लस्टर इन्फेक्शन रहेको बताएपछि शहरको प्रशासनले २३ फेब्रुअरीमा पुरै शहरलाई क्वारेन्टाइन गर्ने निर्णय गरेको थियो । त्यसपछि शहरका ९७ प्रतिशत बासिन्दाको चेकजाँच गरिएको थियो । यसअघि पुरै इटालीमा यस प्रकारको प्रक्रिया अपनाइएको थिएन । यो जाँच पछि केवल ३ प्रतिशतमा कोरोनाको संक्रमण रहेको पाइयो । प्रशासनले संक्रमण रहेका सबैलाई कडाईका साथ घरमै बस्न लगायो । साथै, गम्भीर रुपले बिरामी भएका व्यक्तिहरुलाई तुरुन्तै अस्पताल भर्ना गरियो । यस सँगसँगै जो संत्रमित थिएनन्, उनीहरुलाई पनि अनिवार्य रुपमा घरमा बस्न भनियो र लगातार रुपमा सबैको चेकजाँच प्रशासनले गरिरह्यो ।

प्रशासन उठाएको यो कदम, आखिरमा सही साबित भयो । ६ र ८ मार्चमा जब ती संक्रमित पुनः जाँच गरियो, तब केवल १ प्रतिशतमा मात्र संक्रमण रहेको भेटियो । त्यो शहरमा मानिसलाई घरमै क्वारेन्टाइन राख्ने क्रम तबसम्म चलिरह्यो जबसम्म कोरोना संक्रमित अन्तिम व्यक्ति निको भएनन् । अन्ततः त्यो शहरमा २३ मार्चसम्म, कोरोना भाईरस फैलने क्रम रोकियो । हाल, त्यो शहरमा कोही पनि कोरोना संक्रमित छैनन् ।

इटालीको यो शहरको सुखद खबरपछि हाल प्राय सबै देशमा क्वारेन्टाइन बस्न लकडाउन गरिएको छ । यूनिभर्सिटी अफ पाडुओ के माइक्रोबायोलोजी प्रोफेसर एंड्रिया क्रिसतानीका अनुसार कोरोना संक्रमितलाई अलग्गै राखेर सबै जनाको नियमित जाँच गरेर मात्र कोरोना भाईरसमाथि विजय प्राप्त गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here