काठमाडाैं – राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले काेराेना केही लामाे समय रहि रह्याे भने संसारमा ठूलै परिवर्तन अाउन सक्ने र यस्ताे अवस्थामा पनि भ्रष्टाचार गर्नेहरुले नराम्राे मूल्य चुकाउने अवस्था अाउने चेतावनी दिनु भएकाे छ ।
एक बिज्ञप्ति जारी गर्दै कार्कीले भन्नू भएकाे छ -`यो कोरोना भाइरसको महामारी अझ केही समय रहिरहयो भने संसारमा ठुलो उथल पुथल आउन सक्छ। राजनैतिक ब्यवस्था र शासक वर्ग मात्रै होइन संसारको राजनीतिक स्वरुप र भौगोलिक नक्सामा समेत परिवर्तन आउन सक्छ। हाम्रोजस्तो देश जहाँका शासक वर्ग मानवता माथि आएको यो विनासकारी संकटहरुका नाममा समेत भ्रष्टाचार गरिरहेका छन भन्ने सुन्दा उनीहरु प्रति आम मानिसमा कति ठुलो घृणा उत्पन्न भएको होला? जब यस्तो घृणाले प्रकट हुने मौका पाउला त्यस बेलाको मानव आक्रोशको आगोले कतिलाई भष्म गर्ला? अहिले अनुमान गर्न कठिन छ।
त्यसैले छिटै रोकिएन भने कोरोना महामारी पछि विश्वको शक्ति सन्तुलन र अर्थ राजनीतिक लगायत राजनीतिक ब्यवस्था र मूल्य मान्यतामै ठुलो परिवर्तन आउने छ, महामारीबाट बाँचेकोले देख्ने छन्। कृष्णले गीतामा भनेको यदा यदाहि धर्मस्यको अर्थ पनि यस्तै घटना भित्र बुझ्नु पर्छ।´















