सुडान गएका प्रमुख सेनानीको हृदयघातबाट मृत्यु

103

काठमाडाैं – संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट मृत्यु भएको छ। उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको जनाएको छ । निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ । मिशन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ।

संयुक्त राष्ट्र संघले मिसनमा मृत्यु हुने आफ्ना अधिकारीको शव सम्बन्धित देशबाट खटिएको फौज (सेना, सशस्त्र र प्रहरी) लाई हस्तानान्तरण गर्छ। तर, विश्वका धेरै ठाउँमा कोभिड–१९ को महामारी फैलिएका कारण शव ल्याउने निर्णय भने भइसकेको छैन। उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ ।

विष्ट मिसनमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए। उनी नौ महिनाअघिबाट सुडान मिशन मुख्यालयमा तैनाथ थिए । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन्। उनका श्रीमती, एक छोरी र छोरा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here