ओम्नी समूहसँग सम्झौता रद्द

82

काठमाडाैं  – स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ।

बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको जनाकारी दिए।  विभागले उक्त समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो।

सामग्री बजार मूल्यभन्दा निकै महंगोमा खरिद गरेको भन्दै सरकारको आलोचना भएको थियो। उक्त समूहले केही सामान आइतबार बिहान ल्याएको थियो। महानिर्देशक श्रेष्ठले ओम्नी समूहले सम्झौताअनुसारको स्वास्थ्य सामग्री ल्याउन नसकेपछि सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार ओम्नीले पहिलो चरणमा ल्याउनु पर्ने सामग्रीमध्ये जम्मा १० प्रतिशतमात्र ल्याएको छ। उनले बाँकी सामान पनि भोलि ल्याइसक्नुपर्ने भन्दै अब त्यो सम्भावना नरहेको बताए।

साथै उनले उक्त समूहलाई कालो सूचीमा राख्न सरकारले पहल गर्ने पनि जनाए।

विभागले उक्त समूहले धरौटी राखेको पाँच करोड रुपैयाँ पनि जफत  गरिएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार सरकारले अब स्वास्थ्य सामग्री ल्याउन नयाँ सम्झौताको प्रक्रिया सुरू गर्नेछ।

‘पूरानो टेन्डर हालेकाहरूलाई भोलि बोलाउँछौं। कति उनीहरूले दिन सक्छ भनेर सोध्छौं र फेरि अर्को सम्झौता गर्छौं,’ उनले भने।

विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरेको थियो। उसले २१ करोडको सामान ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here