कोभिड–१९ बाट मर्नेको संख्या चीनमा भन्दा फ्रान्समा बढी

145

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या चीनमाभन्दा फ्रान्समा बढी पुगेको छ। वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ भने फ्रान्समा यो संख्या ३ हजार ५ सय २३ पुगेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मर्नेको संख्या क्रमशः इटाली, स्पेन, अमेरिका, फ्रान्स, चीन र इरानमा रहेको छ। कोरोना भाइरसका कारण हालसम्म इटालीमा १२ हजार ४ सय २८, स्पेनमा ९ हजार ५३, अमेरिकामा ४ हजार ५९, फ्रान्समा ३ हजार ५ सय २३, चीनमा ३ हजार ३ सय १२ र इरानमा ३ हजार ३६ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा कोरोना संक्रमितको संख्या ५२ हजार १ सयभन्दा बढी रहेको छ। यीमध्ये ९ हजार ४ सय ४४ जना उपचारपछि निको भएका थिए। अहिले फ्रान्समा कोरोनाका ३९ हजार १ सय ६१ जना बिरामी उपचारत छन्, जसमध्ये ५ हजार ५ सय ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार ५ सय ५४ पुगेको छ, जसमध्ये ७६ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन् । अहिले चीनमा २ हजार ४ जना कोरोना संक्रमित उपचारत छन् । यीमध्ये ४ सय ६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो । अहिले यो फैलिएर विश्वका २ सय ३ देशमा पुगेको छ। सुरुमा कोरोनाको प्रभाव चीनमा मात्र देखिए पनि पछिल्ला दिन यसको प्रभाव अमेरिका र युरोपमा तीव्र रुपमा बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here