काठमाडौं – नेपाल चिकित्सक संघले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको रबैयाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले मुख्यमन्त्री राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारीले कोेरोना भाइरस संक्रमण रोक्न खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा लाइसेन्स खारेज गर्ने र थुनामा राख्न दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले जिम्मेवार तहमा रहेका व्यक्तिहरुको उक्त अभिव्यक्तिले नेपालको स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरुले निर्वाह गरेको भूमिकाप्रति गम्भीर आँच आएको ठहर गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रकारको अमानवीय क्रियाकलाप गर्नु न्यायोचित नभएको एवम् यसले यस्तो डरलाग्दो महामारीसँग जुध्नका लागि कुनै पनि स्वास्थ्यकर्मी तथा चिकित्सकहको मनोबललाई गिराउने भएको हुनाले यस्तो विषम परिस्थितिमा आपत्तिजनक अभिव्यक्ति दिनु अत्यन्तै निन्दनीय छ ।’
नेपाल चिकित्सक संघद्वारा प्रकाशित विज्ञप्ति


















