कोरोना कोषमा आयल निगमद्वारा ५० करोड सहयोग

59

काठमाडौं – नेपाल आयल निगमले कोरोना कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन तथा यसको महामारीको विपत्तिसँग लड्न नेपाल सरकारले गरेको र गर्ने प्रयासमा सघाउन प्रतिबद्ध रहेको भन्दै आयल निगमले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको हो ।

५० करोड रुपैयाँ बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको निगमले जनाएको छ ।

विगतमा पनि निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ती, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व बोध गर्दै राहात र सहयोग गर्दै आएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here