हिरासतका बन्दी सरकारले रिहा गरेपनि विप्लव कार्यकर्ता पक्राउ जारी

75

काठमाडौं – देशमा कोरोना भाइरस फैलिन सक्ने कारण देखाउदै प्रहरी हिरासत र कारागारमा रहेका बन्दीहरुलाई रिहा गर्ने सरकारले नीति लिए पनि विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिईरहेको छ।  यसै क्रममा बिद्रोही ने.क.पा.का लमजुङ्ग जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले फेरी गोरखाबाट गिरफ्तार गरेको छ।

कुमाललाई गोरखा नगरपालिका वडा नम्वर १२ कुन्दुरस्थित उनकै घरबाट शुक्रवार साँझ सवा ६ वजेतिर गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।  मुलुकमा कोरोनाको महाविपत्ति फैलिरहेको र पार्टीले समेत जनताको स्वास्थ्योपचारमा सहयोग गर्न निर्देशन दिएको मौका पारि उनी घर पुगेका बेला गिरफ्तार गरिएको बताइएको छ।

बिद्रोही ने.क.पा.ले कोरोना भाइरसको संक्रमणका कारण देशैभर आक्रामक कारवाही नगर्ने घोषणा गरिसकेको जनाएको छ ।

नेता कुमाल यसभन्दा अघि दुईपटक पार्टीको गोर्खा जिल्ला इन्चार्ज रहेका बेला गिरफ्तार परि लामो समय प्रहरी हिरासतमा बसेर रिहा भएका हुन्।  उनलाई दुवै पटक गण्डकी प्रदेशका बिभिन्न जिल्लामा पुर्याएर रिहा गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here