मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी

68

काठमाडौं– नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा मन्त्रिपरिषद्‌ बैठक शुरु भएको हो । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि मंगलबार सकिदैछ ।  त्यसअघि नै यसबारे सोमबार मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here