एजेन्सी– भारतमा अहिले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन आह्वान गरिएको छ । यहीबीच भारतमा अब लकडाउन लम्बयाउने वा नलम्ब्याउने भन्ने विषयमा चर्चा सुरु भएको छ ।
पूरै भारतमा लकडाउन लम्बिन सक्ने तर्कहरु आइरहँदा भारतीय राज्य ओडिसाले चाहिँ लकडाउनको अवधि थप गर्ने फैसला गरेको छ । ओडिसा सरकारले अब ३० अप्रिलसम्म लकडाउन थप्ने घोषणा गरेको हो । लकडाउन लम्ब्याउने फैसला गर्ने भारतको पहिलो राज्य बनेको छ, ओडिसा ।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले यसबारे जानकारी दिएका छन् । यसका साथसाथै राज्य सरकारले केन्द्रमा यो अवधिमा रेल तथा विमान सेवाहरु पनि पूर्णरुपमा बन्द गर्ने भएको छ । त्यहाँका स्कुलहरु चाहिँ १७ जुनसम्म बन्द हुने भएका छन् ।


















