प्रभुद्वारा सुदूरका १० स्थानीय तहमा खाद्यान्न वितरण

174

कैलाली – प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकका सुदुरपश्चिम प्रमुख नन्दराज जोशीले जनाउनुभयाे ।उनले जनाए अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बर्दगोरिया गाउँपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here