सामाजिक सञ्जालकाे लत छुटाउन फेसबुकको नयाँ फिचर

69

एजेन्सी –  फेसबुक कम्पनीले आफ्नो आईओएस प्लेटफर्मका युजर्सहरुका लागि क्वाइट मोड लन्च गरेको छ । यो पछिल्लो फिचरको प्रयोग गरेर युजर्सहरुले नोटिफिकेसन म्युट गर्नसक्छन् । कम्पनीले यो फिचर एन्ड्रोइड प्लेटफर्म युजर्सहरुका लागि आउने मे महिनामा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

यो फिचरबाट मानिसहरुको सामाजिक सञ्जाल प्रयोगको लतलाई कमि गरिदिने फेसबुकका स्वास्थ्य विभागका अधिकारी काङ जिन बताउँछन् । यसबाट मानिसहरुले फेसुबक प्लेटफर्ममा पनि कम समय बिताउने उसको विश्वास छ ।

म्यासेज र नोटिफिकेसनलाई म्यूट गर्न प्रयोगकर्ताहरुले यो मोडमा टाइम सेट गर्नु पर्ने हुन्छ । साथै यो फिचरबाट प्रयोगकर्ताहरुले आफूले फेसबुकमा कति समय बिताए भन्ने कुरा पनि थाहा पाउन सक्छन् ।

फेसबुकको यो फिचर पुरानो म्यूट पुश नोटिफिकेसनभन्दा धेरै फरक छ । फेसबुकको उक्त पुरानो फिचरले पुस नोटिफिकेसनलाई मात्र म्यूट गर्ने काम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here