विपन्‍न वर्गका लागि प्रभू पेले ल्यायो मोबाइल वालेट

142

काठमाडौं –प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोबाइल वालेट सुविधा सञ्‍चालनमा ल्याएको छ।

प्रभू पेले एनसेलको सहकार्यमा मोबाइल वालेट सुविधा संचालनमा ल्याएको हो। उक्त सुविधा युएसएसडी मार्फत मोबाइल रिजार्च, टेलिफोन बिल भुक्तानी, टेलिभिजन बिल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न सकिने कम्पनीले जनाएको छ।

यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने र विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले आफ्नो सामान्य मोबाइल ‘बारफोन’ बाट सेवा संचालन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

कोरोनमा संक्रमणको सन्त्रासकाबीच देशमा जारी लकडाउनको अवस्थामा मोबाइल वालेटबाटै सम्पूर्ण बैंकिङ कार्यहरु भइरहेको अवस्थामा बारफोन प्रयोकर्ताहरु सो बाट बञ्चित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन विश्वास कम्पनीले लिएको छ।

उक्त सुधिा प्रयोग गर्न एनसेल सिम भएका साधारण फोन प्रयोगकर्ताहरुले ‘आरजी’ सहित ४ डिजिटलको आफूले रोजेको नम्बर लेखि ३१०४१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ।

सरकारले सुदुरपश्भिचम प्रदेशलाई उच्च जोखिम राखेका बेला उक्त उक्त प्रदेशलाई विशेष लक्षित गरी उक्त सुविधा ल्याएको कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले त्यसपछि एनसेल नम्बर प्रभु-पेमा रजिष्ट्रण्ड हुन्छ र प्रयोगकर्ताले*31041*mpin# थिचेपछि विभिन्न सुविधाहरु मोबाइलमा देखिए लगतै सम्पूर्ण सुविधाहरु प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here