एक व्यक्तिलाई कोरोना संक्रमण हुँदा १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’

61

एजेन्सी- भारतको उत्तर प्रदेशमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिँदा आसपासका १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’ गरिएको छ। बदाउन जिल्लाका १४ गाउँलाई क्वारेन्टाइन गरिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

आन्ध्र प्रदेश घर भएका ती व्यक्ति भवानीपुरमा रहेको एक मस्जिदमा बसिरहेका थिए। ती व्यक्तीमा शनिबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। भारतीय समाचार संस्था पीटीआईका अनुसार नयाँ दिल्लीको निजामुद्धिनमा गत महिना भएको तबलिघी जमातमा ती व्यक्ति पनि सहभागी थिए।

‘ कोरोना संक्रमित बसिरहेको ठाउँको तीन किलोमिटर रेडियस क्षेत्रमा पर्ने सबै गाउँलाई क्वारेन्टाइन गरिएको छ’, स्थानीय प्रशासनको भनाइ उद्धृत गर्दै पीटीआईले उल्लेख गरेको छ।

उत्तर प्रदेशमा हालसम्म ४ सय ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। उत्तर प्रदेशको आग्रामा मात्र सोमबार ३० जना नयाँ संक्रमित भेटिएका छन्। आग्रामा संक्रमित हुनेको संख्या एक सय ३४ पुगेको छ जसमध्ये कम्तिमा ६० जना तबलिघी जमातका सदस्य हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here