काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख चैत २९ गते शनिबार सहयोग गरेको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम बरावरको चेक प्रदान गरिन् ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिका सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।


















