सेलपेका नयाँ सुविधाहरू यस्ता छन्

135

काठमाडौं – भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नयाँ सुविधा थपेको जनाएको छ ।

सेलपे मोबाइल वा वेब एप्लिकेसन प्रयोग गरी सहज रूपमा सेलपेसँग आबद्ध भएका विभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेन्ट कम्पनीको ईएमआई भुक्तानीका साथै आफूले पठाएको रकम प्रापकले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको नेपालभरका जुनसुकै रेमिटेन्स एजेन्टबाट प्राप्त गर्ने सक्ने जनाएको छ ।

विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले लगाएको लकडाउनको समयमा सर्वसाधारणलाई सुविधाका लागि नयाँ सेवा ल्याएको जनाएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने जनाइएको छ । सेलपेका अन्य विशेषतामा वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित एवं लोयाल्टी पोइन्टस पाइने जनाइएको छ ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत वास्तविक समयमा गर्न सकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here