काठमाडौं – आज बिहीबार दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले बेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै स्थानहरुमा हावाहुरीसहित मेघगर्जन र चट्याङ्ग पर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
पश्चिम नेपालका पहाडी भेगमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेसमेत अनुमान गरिएको छ ।