बन्दाबन्दी थप कडा पार्दै प्रशासन

76

काठमाडौं – बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत खारेज गरिएको छ ।

यसैगरी प्रदेशभित्रका जिल्लामा भारत तथा तेस्रो मुलुक गएर फर्किएर आएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० परीक्षणले तीव्रता पाएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार सात सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा। पुरुषोत्तमराज सेढाइँले आरडीटीको प्रदेशमा रहेका पाँच हजार किटमध्ये चार हजार तीन सय किट जिल्लामा वितरण गरिएको बताएका छन् ।

गाउँ जान हिँडेका यात्रु अलपत्र

काभ्रे समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार जिल्ला तथा स्थानीय तहले आवागमनमा कडाइ गरेपछि उपत्यका छाडेर गाउँ जान हिँडेका यात्रु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अतिआवश्यक कामबाहेकका यात्रुलाई आवतजावत गर्न रोक लगाएपछि जिल्ला प्रवेश गर्ने मुख्य नाका साँगामा यात्रु अलपत्र परेका हुन् । लकडाउन पुनः वैशाख १५ गतेसम्म बढेपछि काठमाडौँको थानकोटामा बस्दै आउनुभएका कर्णबहादुर विक बिहान ३ बजे नै कोठाबाट निस्कएको थियो ।

जिल्ला प्रशासन कार्यालयले अन्यत्र जिल्लामा जानेसमेतलाई हिँड्न रोक लगाएपछि विकसँगै आएका छ बालबालिका र अन्य गरी २० जना साँगामै रोकिएका छन् । त्यस्तै बेलुका १ बजे नै ललितपुरको सातदोबाटोबाट उदयपुर जिल्लाको कटारी नगरपालिका हिँड्नुभएकी सञ्जिता विकलाई साँगामा रोकिएपछि तनाव भएको छ । उनले दुःखेसो गर्दै भने, अब हामी कहाँ गएर बस्ने, कोठामा जाउँ घरभेटीले बस्न दिँदैन घर जाउँ जान पाइँदैन ।

सवारी पास खारेज

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले हाललाई सवारी पास खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीको अवधि वैशाख १५ गतेसम्म धादिङका औषधि पसलबाहेका सबै पसल र ढुवानी सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । यसअघि धादिङमा अत्यावश्यक खाद्यान्न पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ६ बजेसम्म खुला गरिएको थियो । गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here