एक दशकपछि नासाले पठायाे अन्तरिक्षमा मानव

237

एजेन्सी – अमेरिकी अन्तरिक्ष संस्था नासाले आगामी महिना अमेरिकी भूमिबाट दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने भएको छ।

फ्लोरिडाको केनिडी अन्तरिक्ष केन्द्रबाट मे २७ मा नासाले दुई अन्तरिक्ष यात्री इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने बीबीसीले जनाएको छ।

नासाले १० वर्षमा पहिलोपटक अमेरिकाबाट मानवसहितको अभियान संचालन गर्न लागेको हो।

अमेरिकी स्पेस सटल सेवानिवृत्त भएपछि अन्तरिक्षमा मानव अभियानको लागि सन् २०११ यता अमेरिकाले रुसी रकेटको प्रयोग गर्दै आएको थियो।

हाल नासाले अमेरिकाबाट अमेरिकी रकेटमै मानिसलाई अन्तरिक्षमा पठाउन लागेको हो।

रकेट र अन्तरिक्ष यान दुवै एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको हो। यो अभियान सफल भएमा स्पेसएक्स नासाको अन्तरिक्ष यात्री अन्तरिक्षमा पठाउने पहिलो निजी कम्पनी हुनेछ।

एपोल्लो र सटल मिसन प्रक्षेपण भएकै अन्तरिक्ष केन्द्र प्याड ३९ए बाट स्पेसएक्सको द फाल्कन नाइन रकेट र क्र्यु ड्र्यागन अन्तरिक्ष यान प्रक्षेपण हुनेछन्।

नासाको यस अभियानमा अन्तरिक्ष यात्रीहरु बब बेनकेन र डग हर्ली समावेश हुनेछन्। हाल
इन्टरनेसनल स्पेस स्टेसनमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री पहिल्यैदेखि छन्।

२४ घण्टामा नासाका अन्तरिक्ष यात्री स्पेस स्टेसन पुग्ने जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here