Home समाचार अस्पतालका दुई नर्स लाई कोरोना पोजेटिभ

अस्पतालका दुई नर्स लाई कोरोना पोजेटिभ

196

काठमाडौं – केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना संक्रमण भएको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी)  विधिबाट गरिएको कोरोना भाइरसको परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । 

दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।

 ‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्कियो,हाल उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । नर्सको जनस्वास्थ्य प्रयोगशालामा पिसिआरको परीक्षण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here