भक्तपुर- मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिले लकडाउनकाे समयमा विपनवर्गलाई सहयाेग स्वरूप भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा राहत सहयाेग प्रदान गरेकाे छ ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठका अनुसार २५ किलाेकाे मनसुरी चामल १०० बाेरा नपाहरूलाइ वितरण गरिएकाे जानकारी दिनुभयाे ।
मध्यपुर थिमि नपालाई ५० बाेरा अाजै नपाका मेयर मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरिएकाे संस्थाका सचिब पृथ्वीराम श्रेष्ठले थेम्मृङ पत्रिकालाई जनाउनुभयाे ।
त्यस्तै गरि सूर्यविनायक नपलाई ३० बाेरा, चांगुनारायण नपालाई १० बाेरा र भनपालाई १० बाेरा राहत सहयाेग गर्ने संस्थाका सदस्य विशेश्वर श्रेष्ठले जानकारी दिनुभयाे ।

















