काठमाडौं -कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको छ। आज थप नयाँ दुई संक्रमित भेटिएका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५ हजार ६ सय १७, बागमतिमा ८ हजार ४ सय ९४, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णालीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ जनाको आरडिटिबाट परीक्षण भएको छ।
कुल संक्रमितमध्ये ४३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १६ बाँकी डिस्चार्ज भइसकेका छन्। काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ८९ गरी कुल ९४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
मुलुकभर हाल २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा छन्। प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजार ३ सय ३२, बागमतिमा ५ सय ३८, गण्डकीमा ७ सय ८, प्रदेश ५ मा १२ हजार १ सय ६३, कर्णालीमा ३ हजार ७ सय २४ र सुदूरपश्चिममा ३ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा छन्।

















