भारतबाट आफ्नो घर फर्किन खोज्नु महाअपराध भो ?

89

– पबित्रा तिमिल्सिना (समाजवादी केन्द्रिय सदस्य)

छिमेकी मुलुक  चीनमा तीन महिना पहिले नै कोरोना भाइरस  फैलिरहेको थियो । कोरोना भाइरस (कोभिड १९)लाई नजर अन्दाज गरेर नेपाल सरकारले भ्रमण वर्ष २०२०  घोषणा गरेको थियो जुन सरकारले गर्न हुँदैन  थियो ।
बिश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणकाे सम्भावित उच्च जोखिमको सुचीमा नेपाललाई राखिसक्दा समेत नेपाल सरकारबाट   रोग नियन्त्रण पुर्व तयारीका लागि कुनै चाल चालिएन समय मै सचेत पुर्व तयारी मा लाग्नुपर्द्थ्यो ।  तर व्यापक जनदबाब पछि पिपिइ लगाएत स्वास्थ्य सामग्री  खरिदको लागि सरकार  तयार भएको र स्वास्थ्य मन्त्रालयले यस्तो संबेदनसिल घडीमा समेत सामाग्री खरिदमा आर्थिक  अनियमितता गरेको खबरहरु सुन्नमा आइरहेका छन् ।  के यो जायज हो ?  टाठाबाठाले जे गर्दा पनि सहि हुने सोझासिधाले रोजगारी बन्द भैसकेपछि भारतबाट आफ्नो घर फर्किन खोज्नु महा अपराध भो ?
कोरोना  संक्रमणको जोखिम बढेका कारण  भारत र नेपालले लकडाउन घोषणा गरिसकेपछि सिमानामा आएर हल्ला गर्नु गलत भन्दै यी सोझासाझा सुदुर पश्चिम पहाडका नागरिकहरुको खिसीटिउरी गरेको देख्दा ज्यादै चित्त दुखेको छ।
खबरदार ! जो होचो उस्कै मुखमा घोचो कदापि सह्य हुने छैन। नेपाल र  भारतको सिमना धारचुलामा अलपत्र यी नेपाली नागरिकहरुलाइ दार्चुलास्थित नाका खोलेर भित्र ल्याएर १४ दिन क्वारेन्टाइन राखेर  आआफ्नो घर पठाइयोस् ! आफ्ना नगरिकको अप्ठ्यारो राज्यले नै हेर्ने  हो । सुदुर पश्चिम प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here