छाँयादेवी कम्प्लेस प्रा.लि.विरुद्ध यु.एन.कार्यालयमा निवेदन

1115

काठमाडाैं – ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका सम्पदा अभियन्ता प्रेमराज शिल्पकारद्वारा सन् २०२० मे ३ तारिखका दिन छाँयादेवी कम्प्लेस प्रा.लि.विरुद्ध नेपालस्थित आइ.एल.ओ. तथा यु.एन.कार्यालयमा इमेल मार्पmत निवेदन दिएको भनी जानकारीमा आएको छ ।

विश्व प्रसिद्ध पर्यटन स्थल ठमेल जस्तो स्थानमा सम्पदा अतिक्रमण भैरहेको बारेमा नेपाल सरकारका विभिन्न निकायहरुले गैरजिम्मेवारपना देखाइरहेको र आदिवासी नेवाः समुदायको परम्परागत भूमि तथा सांस्कृतिक अधिकारहरु हनन्र भैरहेको विषयमा तत्कालै ध्यानाकर्षण गरेर प्रतिक्रिया जनाउनको लागि समेत उक्त निवेदनमा अनुरोध गरिएको छ ।

थँवहिल अर्थात विक्रमशील महाविहार श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीद्वारा लिच्छविकालीन एघाह्रौं शताब्दीमा निर्मित ऐतिहासिक पुरातात्विक महत्वको कमलपोखरीमाथि राणा शासनको बेलादेखि अतिक्रमण शुरु भएर हालको अवस्थासम्म आइपुग्दा सो पोखरीको संरचनाहरुलाई पूर्ण रुपमा ध्वस्तै पार्न छाँयादेवी कम्प्लेस प्रा.लि.का सञ्चालकहरुले सत्ता र शक्तिको अनाधिकृत रुपमा दुरुपयोग गरिरहेको देखिन्छ । आदिवासी सम्बन्धी घोषणपत्र र आइ.एलओ. १६९ मा नेपाल सरकारले हस्ताक्षर गरेको छ । तर काठमाडौंको ठमेल जस्तो स्थानमा सम्पदाको यो अवस्था देख्दा नेपाल सरकारका कर्मचारीहरु नै सम्पदा मास्नेहरुसित साँझेदारीमा संलग्न रहेको छ भन्ने जनस्तरमा ब्यापक गुनासो भैरहेको छ ।

वि.सं. २०३३ सालमा गुठी संस्थानको रोहवर बसेर सर्वोच्च अदालतमा कमलपोखरी संरक्षण गर्न मिलापत्र गरिसकेको भएतापनि विभिन्न रुपमा चलखेल गरेर अम्बिका राणाद्वारा मुद्दालाई उल्टाउने गरेको र सो गरुड भगवान गुठीका तथा सम्पदा बचाउ अभियन्यता भागवत नरसिंह प्रधान लगायत ६ जनाद्वारा सम्पदा रक्षार्थ २०६९ सालबाट पुनःअदालतमा आवाज उठाइरहँदा अहिलेसम्म पनि मुद्दा किनारा नलागेको अवस्था रहेको छ । तर बिडम्बना मुद्दा चल्दै गर्दा पनि कम्प्लेसद्वारा अनाधिकृत चलखेल गरेर भवन निर्माण सम्पन्न गरिसकेको छ । यसै बीचमा २०७५ पौष १० गते सो कम्प्लेस उद्घाटनको समयदेखि यस अभियानका सम्पदाप्रेमीहरुद्वारा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै स्थानीय जनता लगायत अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत आप्mना विरोधका स्वरहरु गुञ्जाइरहेको छ, जुन पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि उदाहरणीय कार्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here