संगीतकार उमेशले ल्याए बाबाको २ पैसे जागिर भिडियाे सहित सार्वजनिक

217

काठमाडौं – यस अघि तीन ओटा गीतसँग्रह बजारमा ल्याएका संगीतकार उमेश रेग्मी नयाँगीतिसँग्रह यतीबेला श्रोतामाझ ल्याएका छन् । उनले चौथो गीतिसँग्रह ‘बाबाको २ पैसे जागिर’बजारमा ल्याएका हुन् ।

उनको यो गीतिसँग्रहमा‘इनरुवा बजारमा,’ ‘प्रिय तिम्रो तस्बिर कोर्न मन लाग्छ’ र ‘बाबाको २ पैसे जागिर’ गरी चार गीतहरु छन् । यी गीतहरुमा विश्व नेपाली, टीका प्रसाईं र भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ । यी सबै गीत उमेशले नै लेखेका हुन् ।

‘बाबाको २ पैसे जागिर’ आफ्नै बुवाको कथा रहेको पनि उनले खुलाए । यो गीतको म्युजिक भिडियो पनि निस्केको छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय हेर्न सकिन्छ । उनले एकल संगीतमा यसअघि ‘युमेश,’ ‘मेरो याद तिमीलाई,’ ‘छोरी’ जस्ता एल्बम निकालिसकेका छन् ।

‘सधैंझैं यस पालि पनि श्रोताहरूलाई केही नयाँ स्वाद दिने कोसिस गरेको छु,’ उमेशले भने, ‘मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’सुनसरीको इनरुवामा जन्मेका उमेश केही वर्षयता अमेरिका बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here