काभ्रे – शेयर एन्ड केयर नेपाल ललितपुरले काभ्रेको पाँचखाल नगरपालिकाका स्वास्थ्य संस्था तथा एम्बुलेन्सहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गत बैशाख २२ गते संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले नगरपालिकाकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
शेयर एन्ड केयर नेपालका कार्यकारी निर्देशक रमेशकुमार खड्काले स्वास्थ्य चौकी, अस्पताल, एम्बुलेन्सका अलावा कोरोना रोकथामका क्षेत्रमा खटिएकाहरुलाई निरन्तर स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जानकारी दिए । यसअघि शेयर एन्ड केयरले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तापक्रम नाप्ने थर्मो गन, पञ्जा, मास्क, स्यानिटाइजर, पीपीईलगायतका सामाग्री सहयोग गरिसकेको छ ।



















