शीतगंगा नपमा हावाहुरीले ९ घर र ७ गोठको छानो उडायो

224

अर्घाखाँची – हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्य बलेन्द्र विश्वकर्माले बताउनुभयो ।

हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ ।

राहत कोषमा रु तीन करोड  –  छ स्थानिय तहमा कुल रु दुई करोड ८९ लाख ६६ हजार  जम्मा भएको छ । पालिकाहरुले विपत् कोषलाई छुट्टाएको रकम, प्रदेश सरकारको सहयोग र स्थानीय तहको सक्रियतामा रकम जम्मा भएको हो ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here