लागुऔषधसहित तीन पक्राउ

65

कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले से४प ५४४७ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।

    टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पाँचदेखि १० वर्षसम्म कैद र रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिए ।

भट्टले पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताए । प्रहरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here